मुख्य खबरसमाचारफिचर

बागमती प्रदेशसभा बैठक आज दिउसो बस्दै

संवाददाता

 खबरबाकस \ बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ । बजेट पारित गरेपछि गत असार २८ मा स्थगित भएको प्रदेशसभा बैठक करिब १ महिनापछि आज बस्न लागेको हो ।

आज दिउँसो २ बजे प्रदेशसभाको बैठक बस्ने भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले बताएका छन् । प्रदेशसभामा केही प्रदेश ऐन संशोधन गर्ने विधेयक र प्रदेशसभा नियमावली संशोधन दर्ता भएको बताए ।

प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यका अनुसार उच्च शिक्षासम्बन्धी विधेयक र पर्यटनसम्बन्धी विधेयक यसअघि नै दर्ता भएका थिए । चालू वर्षको नीति, कार्यक्रम तथा बजेट पास गरेसँगै पहिलो पटक प्रदेशसभा बैठक बस्न लागेको हो । बैठकमा सभामुखले प्रदेशप्रमुख कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची पनि रहेको छ ।