मुख्य खबरसमाचारफिचर

भेटेरिनरी अस्पतालले सार्वजानिक गर्यो वार्षिक स्वीकृत कार्यक्रम

संवाददाता

खबरबाकस \ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरले आर्थिक वर्ष २०७८/०७९को लागि स्वीकृत कार्यक्रमहरु सार्वजानिक गरेको छ । सोमबार केन्द्र परिसरमा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, मुनु सिग्देल सहित स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको उपस्थितीमा केन्द्रका वरिष्ठ पशु विकास अधिकृत सुशील केसीले स्वीकृत कार्यक्रम बजेट शीर्षक सहित प्रस्तुत गरेका थिए ।

No description available.

केन्द्रले गरिने काम सहित जिल्लामा रहेका पशुपन्छीका तथ्याङ्क, केन्द्रले मकवानपुर जिल्लाका स्थानीय तहमा गरेका काम सहित आगामी कार्यक्रमहरुबारे जानकारी दिएका थिए ।

केन्द्रले यस वर्ष ४ करोड ८४ लाखको बजेट अनुरुप काम गरिने बताउदैं केसीले चौमासिक रुपमा चरणबद्ध कार्यक्रम, तालिम गोष्ठी सहित केन्द्र आफैं उपस्थित भइ कृषक सँग विभिन्न पशुसँग सम्बन्धित कामहरु गरिने बताए ।

केन्द्रले पशु प्रजनन् सेवा कार्यक्रम, तथ्याङ्क संकलन, कृषि कर्जा, व्यवसायिक बंगुरपालन, बाख्रा, गाईभैंसीपालन लगायतका कार्यक्रमहरु रहेको बताए । मत्स्य क्षेत्रको विकास, जैविक सुरक्षा तथा फार्म सुदृढिकरण कार्यक्रम, पशु आहारा विकास कार्यक्रम, पशुपन्छी रोग नियन्त्रण कार्यक्रम जस्ता कार्यक्रम समेत रहेको बताए ।