मुख्य खबरसमाचारफिचर

मकवानपुरमा थप ४९ जनामा कोरोना पुष्टि

संवाददाता

खबरबाकस \ मकवानपुरमा सोमबार थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार २५० जनाको कोरोना जाँच गर्दा ४९ जनामा कोरोना पोजेटिभ देखिएको हो।

१२७ जनाको पिसिआर बिधिबाट कोरोना जाँच गर्दा ३७ जना र एन्टिजेन बिधिबाट १२३ जनाको कोरोना जाँच गर्दा १२ जना गरी ४९ जनामा कोरोना पुष्टि भएको हो। आज सबैभन्दा धेरै हेटौंडाका ३२ जनामा कोरोना पुष्टि भएको हो।