मुख्य खबरसमाचारफिचर

मंगलबार प्रदेश सभा बैठक बस्दै

संवाददाता

खबरबाकस \ बागमती प्रदेशको प्रदेश सभा बैठक भाद्र १ गते मंगलबार बस्ने भएको छ । सोमबार दिउँसो ४ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने र भाद्र १ गते मंगलरबार दिनको २ बजे प्रदेश सभाको बैठक बस्ने भएको प्रदेश सभा सचिवालयको सचिव कृष्णहरि खड्काले बताउनुभयो ।

प्रदेश सभामा केही प्रदेश ऐन संशोधन गर्ने विधेयक र प्रदेश सभा नियमावली संशोधन दर्ता भएको प्रदेश सभा सचिवालयका प्रवक्ता विनोद अमात्यले बताउनुभयो । यसैगरी उच्च शिक्षा सम्बन्धी विधेयक र पर्यटन सम्बन्धी विधेयक यसअघि नै दर्ता भएका छन् । प्रदेशको चालू वर्षको नीति, कार्यक्रम तथा बजेट पास गरेसँगै पहिलो पटक प्रदेश सभा बैठक बस्न लागेको हो ।