
खबरबाकस \ मकवानपुरमा आइतबार थप १९ जनामा कोरोना पुष्टि भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार ७२ जनाको कोरोना जाँच गर्दा १९ जनामा कोरोना पोजेटिभ देखिएको सुचना अधिकारी लक्ष्मण घिमिरेले बताए ।
३२ जनाको पिसिआर बिधिबाट कोरोना जाँच गर्दा ११ जना र एन्टिजेन बिधिबाट ४० जनाको कोरोना जाँच गर्दा ८ जना गरी १९ जनामा कोरोना पुष्टि भएको हो। आज सबैभन्दा धेरै हेटौंडाका ११ जनामा कोरोना पुष्टि भएको हो।








