
खबरबाकस \ जिल्लामा कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रदान गर्दै आएको सेवामा आइतबारबाट आलोपालोको व्यवस्था गरेको छ । कोरोना संक्रमण रोकथाप तथा नियन्त्रणका लागी प्रशासन कार्यालय मकवानपुरले प्रदान गर्ने सेवा प्रवाहमा परिवर्तन गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो ।
प्रतिलिपि नागरिकता र राहदानीका लागि आज आइतबार देखी भदौं ४ गते शुक्रबार सम्म समयसिमा तोकिएको छ भने नयाँ नागरिकताको लागि ७ गते सोमबारदेखी १२ गते शुक्रबार सम्म तोकिएको प्रजिअ पाण्डेले बताउनुभयो । शान्ति सुरक्षा, मुद्दा, विपद् व्यवस्थापन लगायतका अत्यावश्यक सेवा भने निरन्तर रहने जनाइएको छ ।
त्यस्तै, बढी भिडभाड हुने कार्यालय मालपोत कार्यालय र नापी कार्यालयका सेवा एक साताको लाग आजबाटै बन्द गरिएको प्रजिअ पाण्डेले बताउनुभयो ।









