
खबरबाकस \ हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र कोरोना भाइरस संक्रमणको जोखिम निकै बढेको भन्दै आज आइतबारदेखि जिल्ला मालपोत कार्यालय र नापी कार्यालयका सेवा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोनाको जोखिम कम गराउनका लागि दुइ वटा कार्यालयका सेवा बन्द गरेको प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले बताए ।
मकवानपुरमा पछिल्लो साढे तीन महिना अघिदेखि निषेधाज्ञा जारी रहेको छ । प्रशासनले जारी निषेधाज्ञामा अत्यावश्यक उपभोग्य वस्तु खाद्यान्य, माछा मासु, तरकारी, फलफुल, दुध, पानी अण्डा पसलहरु बिहान ५ बजे देखी बिहान १० बजे सम्म खोल्न पाईने र अन्य व्यवसाय भने दिउँसो १२ बजे देखी साँझ ४ बजे सम्म संचालन गर्न दिएको छ ।








