
हेटौंडा \ बिहिबारको कुरामात्रै हो, जिल्ला प्रशासन कार्यालय मकवानपुरमा २२ वर्षिया बेली मोक्तान , बच्चा रुवाइरहेको अवस्थामा भेटिन्छिन् ।
उख्खुम गर्मीले चर्को घाममा उभिईरहेकी बेली, पाँच महिने छोरीलाई फकाउँदै स्तनपान गराउने मेसोमा यता— उती हेर्दै थिईन् । तर कार्यालयमा उत्तिकै भिड र चौरभरी पनि उस्तै भिडले उनले छोरीलाई स्तनपान गराउन सकिनन् । छोरीलाई फकाँउदै हिड्न थालिन् । चिकित्सकका अनुसार, १ वर्ष सम्मको अन्तरालमा बच्चालाई दुई—दुई घण्टाको बिचमा स्तनपान गराउनुपर्छ तर बेली घरबाट हिडेकै चार घण्टा भईसकेको थियो । चार घण्टादेखि उनको बच्चा भोको छ । किन स्तनपान नगराएको? बच्चा रोईरहेको छ भन्ने प्रश्नमा ‘लाज लाग्छ, यतिको मान्छेको अगाडि कसरी बच्चालाई दुध खुवाउनु?’ उल्टै उनले प्रश्न थपिन् । मनहरी गाँउपालिका हाँडिखोला घर भएकी २२ वर्षिया बेली आफ्नै नागरिकता बनाउन पतिसंग आएकी थिईन् । उनी भन्छिन्, ‘अब नागरिकता बनाउने अनि बच्चालाई दुध खुवाउन घरनै जान्छु’ ।
तर, त्यहिँ नजिक रहेको स्तनपान कक्षमा उनको ध्यान जाँदैन् । उनलाई प्रश्न गर्दा, के हो स्तनपान कक्ष भन्ने उल्टै प्रश्न गर्छिन् । हेटौंडा— ३ वस्तिपुरबाट नागरिकता बनाउन आएकी चाहाना लामा १६ महिने छोरो च्यापेर बेञ्चमा रहेको भिड बिच स्तनपान गराँउदै थिईन् । उनले पनि केहि समय त, बच्चालाई स्तपान गराउन हिच्किचाईन् तर बच्चा अत्ति रुन थालेपछि गराएको प्रतिक्रिया दिईन् । चाहाना भन्छिन्, ‘अप्ठ्यारो लागिरहेको छ, तर बच्चालाई दुध त खुवाउनु प¥र्यो’ । स्तनपान नजिकैं छ जानुन भन्ने कुरामा उनले २—३ पटकनै सोधिन्, ‘के भनेको? बुझिनन्? उनी कक्षको बारेमा जानकारनै छैनन् । चाहानाले फोटोको लागि भने अनुमति दिईनन् ।
प्रशासन कार्यालय भवन अहिले नयाँ संरचना अनुसार बनेको छ, जहाँ स्तनपान कक्ष पनि रहेको छ । पुरानै भवनलाई नै मिलाएर कक्ष बनाईएको छ । तर बिडम्बना उनीहरुलाई स्तनपान कक्ष कहाँ छ? के छ? भन्ने कुरानै थाहा छैन् । आमाहरु यस कुरामा जानकार समेत छैनन् । यसरी जानकारी नहुँदा त्यहाँ आउने प्रत्येक आमाहरु दैनिक चौरमा भौतारिँदै हिडिरहेका हुन्छन् तर यता स्तनपान कक्ष खाली ।
हामी सबैको साझा जिम्मेबारी स्तनपान संरक्षण हुन्छ प्रभावकारी’ भन्ने मुल नाराका साथ विश्व स्तनपान सप्ताहका अवसरमा देशभर विभिन्न कार्यक्रम गरि केहिदिन अघिमात्रै सम्पन्न भयो । मकवानपुरमा समेत विभिन्न संघ संस्थाहरुले स्तनपान सप्ताह मनाए । विभिन्न चोकहरुमा ब्यानर समेत राखे तर वास्तविकता ब्यानरमा होईन अशिक्षित आमाहरुको लागि भन्ने कुरामा कसैको ध्यान जान सकेन । त्यहाँ कारणले आज कयौं आमाहरु स्तनपान कक्षको जानकार नहुँदा खुल्ला रुपमा स्तनपान गराउन बाध्य छन् । जिल्लामा सबैभन्दा अघि हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले केहि वर्ष अघि स्तनपान कक्षको स्थापना गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयमा मात्रै होईन जिल्लाको भिड हुने ठाँउ अर्कोपनि हो, मालपोत कार्यालय । प्रशासनमा जस्तो मालपोत कार्यालयमा स्तनपान कक्ष छैन् । जग्गा किनबेचको लागि आएकी रोजिना रुम्बा ८ महिने छोरीलाई च्यापेर टन्टलापुर घाममा चौरमै बसेर स्तनपान गराँउदै थिईन् । रुम्बा भन्छिन्, ‘अप्ठ्यारो हुन्छ नी, फेरि नखुवाई भएन बच्चाले दुध मागेको मागै गर्छ, बाध्यताले पनि दिनुपर्छ’ ।
त्यस दिनमात्रै जिल्लाको भिडभाड हुने अधिकांश कार्यालय बाहिर काहि न काहि आमाहरुले स्तनपान गराईरहेको दृष्य देखिन्थ्यो । खुल्ला चौरमा स्तनपान गराँउदै थिए त्यो पनि लज्जा र अप्ठ्यारो पुर्वक । त्यस दिनमात्र होईन जिल्लाकै प्रमुख मानिने कार्यालयमा दैनिक खुल्ला रुपमा स्तनपान गराउने महिला कयौ संख्यामा भेट्न सकिन्छ । कार्यालय जिल्लाकै प्रमुख मानिने र अतिनै व्यस्त रहने गर्दछ । त्यहाँ दैनिक हजारौ संख्यामा सेवाग्राहीहरु उपस्थिती हुन्छन्, जस मध्ये टाढा विकट ठाँउबाट आएका मध्ये २५ प्रतिशत स्तनपान गराउने महिला भेटिने कार्यालयका एक कर्मचारीले बताए । तर, जानकार नभएकै कारण उनीहरु खुल्ला रुपमा स्तनपान गराउन बाध्य छन् । त्यतिमात्र होईन उनीहरुलाई स्तनपान कक्ष भनेको के हो? भन्ने समेत थाहा छैन् । यसको निमित्त न, त्यहाँका कर्मचारी ध्यान दिन्छन् न त्यहाँ वरिपरि वुद्धीजिवि आएका सेवाग्राहीले ।
कार्यालयको नयाँ संरचना अनुसार स्तनपान कक्ष राख्न स्वास्थ्य मन्त्रालयले समेत आग्रह गरेको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरे जानकारी गराए । ‘अनिवार्य त नहोला तर सकेसम्म स्तनपान कक्ष राखेको राम्रो’ घिमिरे बताँउछन् । खुल्लारुपमा स्तनपान गराँदै आएका सबै आमाले बेहोर्दै आएको समस्या रहेको, काममा आउनुपर्ने, बच्चा रोएको बेलामा स्तनपान गर्न नपाइने, असुरक्षित तरिकाले खुल्ला रुपमा स्तनपान गराउनुपर्ने बाध्यतालाई मध्य नजर गर्दै कक्ष निर्माण गरिएको जिल्ला प्रमुख अधिकारी भरतमणी अधिकारीले जानकारी गराए । बच्चा र आमा दुबैको स्वास्थ्यका लागि स्तनपान कक्षको स्थापना गरेका छौं तर दैनिक हामी कसले स्तनपान गराँउछ, कति बेला गराँउछ भन्ने कुरा त हेर्दै हिड्न नभ्याउने पाण्डेले प्रतिक्रिया दिए । ‘नबुझ्ने र नदेख्ने उहाँहरुको कुरा हो’ पाण्डे अलि आक्रोशित हुँदै भन्छन् ।
६५ प्रतिशतले गराँउछन् स्तनपान
जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ अनुसार, जिल्लामा ६५ प्रतिशतले मात्रै स्तनपान गराउने गरेको उल्लेख छ । आर्थिक वर्ष २०७७/०७८ मा ६ महिना भित्रका ६ हजार १ सय ३८ शिशुले मात्रै स्तनपान गराएको कार्यालयका स्ुचना अधिकारी घिमिरेले जानकारी गराए । जिल्लामा वर्षेनी शिशु जन्मने ९ हजारको संख्यामा छ । स्वास्थ्य कार्यालयमा आए अनुसारको तथ्याङको आधारमा यि तथ्याङलाई मानेको उनले बताए । शिशु जन्मेको समयमा ६ महिनासम्म, आमाको दुधमात्रै खुवाउने र ६ महिनादेखि २ वर्षसम्म आमाको दुधसंगै अन्य पौष्टिक आहाराका खानेकुराहरु खुवाउन जरुरी रहेको घिमिरेले बताए ।








