
जिल्लामा कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यलय मकवानपुरले भिडभाड हुने सरकारी कार्यलयका सेवा प्रवाह एकहप्ताका लागी बन्द गर्ने भएको छ । सेवाग्रहीको भिड हुने मालपोत कार्यलयलय मकवानपुर एकहप्ताका लागी बन्द हुने भएको छ ।
आगामी आइतबारबाट मालपोत कार्यलयल र नापी कार्यलय एकहप्ताका लागी बन्द हुने भएको हुन् । यसैगरी जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट प्रदान गरिदै आएको सेवा प्रवाहमा समेत कटौती गर्ने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।
उनका अनुसार प्रशासन कार्यालय मकवानपुरबाट प्रदान गरिदै आएको नागरिकता, राहदानी वितरण र नवीकरण सम्बन्धी सेवा फरक फरक सातामा प्रवाह गर्ने तयारी गरीएको छ । एक साता नयाँ नागरिकता र राहदानी वितरण गर्ने र अर्को साता नवीकरणको सेवा प्रदान गर्ने प्रजिअ पाण्डेले बताए ।








