
खबरबाकस \ बागमती प्रदेश युवा परिषद्को कार्यालयको उद्घाटन गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा हेटौंडा ४ मित्रनगरमा बागमती प्रदेश युवा परिषद्को कार्यालयको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उदघाटन गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश युवा परिषद्ले युवाको हितका काम गर्ने र युवाको चौतर्फी विकास गर्ने खालका कार्यक्रम ल्याउन पनि सुझाव दिनुभएको छ । युवाहरुको काँधमा ठुलो जिम्मेवारी आएको बताउदैं अबको आन्दोलन राजनीतिक मात्र नभएर आर्थिक आन्दोलनमा युवाहरु लाग्नुपर्ने बताउनुभयो ।
बागमती प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौँलागाईको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बागमती प्रदेश सामाजिक विकासमन्त्री सरस्वती बस्नेत, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, संविधानसभा सदस्य अनन्त पौडेल, बागमती प्रदेश सदस्य जुनेली श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।








