मुख्य खबरसमाचारफिचर

पारिवारिक मुल्यमान्यता बिर्सदै समाज, एकवर्षमा १२ वटा हाडनाता करणी

मानवी बानियाँ

हेटौंडा \  पछिल्लो समय पारिवारिक सम्बन्धका दृष्टीकोण बद्लिँदो अवस्थामा छ । आफ्नाहरुमा पनि विश्वास र भरोसा गर्न नसक्ने वातावरण बनेको केहि घट्नाहरुले देखाँउछ । घरमा समेत आफ्नाबाट बच्नुपर्ने सन्देश पछिल्लो प्रहरी समक्षसम्म पुग्ने मुद्धाहरुले बताँउछ । कतै बुहारी बलात्कार, कतै भान्जी बलात्कार त कतै छोरीनै बलात्कार, हत्या तथा दुव्र्यवहारका घटना दैनिकजसो सञ्चारमाध्यममा आउने गर्दछन् । समाज परिवर्तनले ठुलो फड्को मा¥र्यो, तर पुर्वधारको विकासमा यहाँ मानिसको सोच र चेतनामा विकास हुन नसकेको मकवानपुरको एक कार्यालयको तथ्याङले देखाँउछ । जिल्लामा जबरजस्ती करणीको मुद्धा बढ्दो अवस्थामा छ । जसमा हाडनाता करणी झन बढ्दो अवस्था रहेको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा ६५ वटा जबरजस्ती करणी सम्बन्धी मुद्धा दर्ता भएकोमा १२ वटा हाडनाता करणी भएको कार्यालयको तथ्याङमा छ ।

जबरजस्ती करणी— छोरी, बहिनी, भाञ्जी र बुहारी पिडीत
कार्यालयको तथ्याङ्कले आफ्नै घरका वुवाले छोरीलाई जबरजस्ती करणी गरेको, मामाले भान्जीलाई, दाईले बहिनीलाई भन्ने उल्लेख गरेको छ । मनहरी गाँउपालिकामा गत वर्ष माघ १ गते मा मामाससुरा नाता पर्नेले आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको तथ्याङ्कमा छ । त्यस्तै गत वर्ष साउन २२ गते पालुङ घर भएका आफ्नै ठुलोवुवाको छोराबाट पिडित बालिका, साउन २३ गतेनै दाईबाट पिडित अर्की किशोरी, मंसिर १४ गते बुबाबाट पिडित छोरी, फाल्गुन ७ गते देवरबाट पिडित भाउजु, ७ गतेनै दाईबाट पिडित बहिनी, १२ गते देवरबाट पिडित अर्की भाउजु, कार्तिकको २९ गते काकाबाट पिडित किशोरी, माघ १५ गते बुबाबाट पिडित छोरी, चैत्र ११ गते मामाबाट पिडित किशोरी भाञ्जी, असोज १६ गते सुसुराबाट पिडित बुहारी, र २०७८ जेष्ठ २६ गते जेठाजुबाट पिडित बुहारी भनेर कार्यालयको तथ्याङ्कले खुलाएको छ ।

५५ प्रतिशतले बढ्यो जबरजस्ती करणीका मुद्धा
अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा भन्दा ३६ वटा मुद्धा दर्ता भएकोमा गत आर्थिक वर्ष २०७७/०७८ मा ६५ वटा मुद्धा दर्ता भएकोले ५५ प्रतिशतले बढेको कार्यालयको तथ्याङ्कले देखाएको छ । जसमा हाडनाता करणी ३ वटा मात्रै रहेको थियो भने, अहिले १२ वटा मुद्धा दर्ता भएको छ । जसमा जिल्लाको अहिले मनहरी र थाहानगरको पालुङ क्षेत्रमा यस्ता खाले घट्ना वृद्धी भएको तथ्याङ्कले देखाएको छ ।

मानिस फुर्सदिला भए-गलत कुरा सोच्न थाले
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमाल भन्छन्– सामाजिक मुल्य मान्यता बिर्सदै गएको कारणले पनि आफ्नाहरुमा यस्ता खाले घटना हुन गएको अनुमान गर्दछन् । पारिवारिक दृष्टीकोणले आफ्ना नातेदारमा मानसम्मान भन्ने खालका व्यवहार विर्सदै जानले घटना बढ्दो अवस्थामा पुगेको रिमालको भनाई रहेको छ । अहिले कसैले कसैलाई गन्नै छाडे, भ्यालु दिनै छाडे, नैतिक मुल्युमान्यता हराँउदै गएपछि आफ्ना भित्र नराम्रो नियतको सोच पलाउने खालका प्रवृति देखा परेको उनको भनाई रहेको छ । पारिवारिक सचेतनाको कमी रहेको समेत बताउने रिमालले अहिले आफन्तबाट बलात्कृत हुनुमा मादकपदार्थ सेवन तथा आपराधिक मनोवृत्ति कारक देखिएको छ ।

यस्ता घटनामा प्रायः बालिका बढी पीडित हुने गर्छन् । जबरजस्ती करणीसंगै यौन हिंसाका घटना प्रहरी कार्यालयसम्म आउन सकेका छैनन् । जबरजस्ती करणीका घटना पनि ढिलो गरी उजुरी आउने गरेको रिमालको भनाइ छ । आफन्तबाट यौन दुव्र्यवहार अझै धेरै छन् । तर, यी कुरा बाहिर आउन नसकेको उनको भनाई छ । परिवारबाट हुने त्यस्ता दुव्र्यवहार बाहिर आउन नसकेको उनले प्रतिक्रिया दिए । प्रहरीमा उजुरी नपर्ने वा घटना लुकाउने गरिएका जबरजस्तीकरणी त कति हुन्छन् कति, यसको अनुसन्धान तथा खोजी भएकै छैन ।

त्यस्तै ईलाका प्रहरी कार्यालय, मनहरीका प्रमुख प्रहरी निरिक्षक प्रकाश थापाका अनुसार, कोरोना महामारीले पनि यस्ता खाले घट्ना वृद्धी गराएको प्रतिक्रिया दिए । कोरोना संक्रमण बढेसँगै सरकारले गरेको निषेधाज्ञाको असरले मानिसलाई फुर्सदीलो बनाएको र अन्य नचाहिने कुरा मानिसले सोच्नमा व्यस्त हुनुपनि प्रमुख कारण रहेको थापाले बताए । मनहरी गाँउपालिकाकै कुरा गर्दा प्रहरी निरिक्षक थापा भन्छन्, पातलो बस्ती भएकोले पनि जबरजस्ती करणी वृद्धी भएको हुनसक्ने उनले अनुमान गरे । यसरी बढ्दै जानुमा प्रहरीको सम्पर्कमा मानिसहरु आउन थालेको र चेतनाको कारण मानिसले आफु पिडित भएको कुरा गुपचुप नराखी सार्वजनिक गर्न थाले उनले भने ।

मुलुकी फौजदारी संहिता, २०७४ ले जन्माउने आमाछोराको वा बाबुछोरीको करणी भए जन्मकैद, सौतेनी आमाछोरा वा बाबुछोरी, सहोदर दिदीभाइ वा दाजुबहिनी, एकै हाँगाका ससुराबुहारी, एकै हाँगाका बाजेनातिनी वा पनातिनी, एकै हाँगाका जेठाजु र भाइबुहारी वा देवरभाउजुको करणी भएमा चारदेखि दश वर्षसम्म कैद र ४० हजार रुपियाँदेखि एक लाख रुपियाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ । एकै हाँगाको तीन पुस्ताभित्र करणी भए तीन वर्षदेखि ६ वर्षसम्म कैद र ६० हजार रुपियाँसम्म जरिवाना व्यवस्था कानुनले गरेको छ । वंशका सात पुस्तासम्मका अन्य नातामा करणी भएमा हाँगा, नाता र पुस्ता हेरी तीन वर्षसम्म कैद र ३० हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था कानुनले गरेको छ ।