मुख्य खबरसमाचारफिचर

शेखर, मिनेन्द्र र गगनसँग देउवाले गरे छलफल

संवाददाता

काठमाडौं \  निर्धारित मितिमा महाधिवेशन नहुने निश्चित भएपछि नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ कार्यतालिकाबारे संस्थापनइतर समूहका नेताहरुसँग अनौपचारिक छलफल सुरु गरेका छन् ।

भदौ १६–१९ मै महाधिवेशन हुनुपर्ने भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वप्रति बढी आक्रामक देखिएपछि सभापति देउवाले संस्थापन इतर समूहका प्रभावशाली नेताहरुसँग छलफल गरेका हुन् ।

मंगलबार प्रधानमन्त्री देउवाले संस्थापनइतर समूहका नेताहरु डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल र गगनकुमार थापासँग बालुवाटारमा महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल गरेका हुन् । बालुवाटार स्रोतका अनुसार देउवाले निर्धारित मितिमा महाधिवेशन सम्भव नभएकाले नयाँ कार्यतालिकाबारे नेताहरुसँग सल्लाह गरेका थिए ।