मुख्य खबरसमाचारफिचर

कुलमान घिसिंग नेपाल बिद्दुत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त

संवाददाता

काठमाडौं- नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई ऊर्जा जलस्रोत तथा सिचाईं मन्त्रालयमा सरुवा गर्दै प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गरेको हो।

घिसिंगलाई नै पुनः अर्कों कार्यकाल बिद्दुत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिको लागी व्यापक जनदबाव परेको भए पनि  केपी ओली नेतृत्वको तत्कालीन सरकारले गत माघमा प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्त गरेको थियो।