मुख्य खबरसमाचारफिचर

हेटौंडामा लागुऔषध नाईट्रोभेट सहित एकजना पक्राउ

संवाददाता

खबरबाकस  \ मकवानपुर प्रहरीले ठुलो संख्यामा लागुऔषध नाईट्रोभेट सहित एक जनालाई पक्राउ गरेको छ ।

सोमबार राती झण्डै १२ बजेको समयमा  प्रहरी चौकी भुटनदेवीबाट खटिएको प्रहरी टोलीले हेटौंडा १० भुटनदेवी मन्दिरको मोडमा नाईट्रोभेट सहित मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ महादेवस्थान बस्ने ३० वर्षका मनिष ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

रातोमाटेबाट हेटौडा आउदैं गरेको बा.प्र.०२-०२२ प ३७२९ नम्बरको मोटरसाईकलमा सवार ठकुरीले प्रयोग गरेको झोलाबाट लागुऔषध नाईट्रोभेट ५ हजार ४०० ट्याब्लेट फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले बताउनुभयो । ठकुरी माथी थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।