
खबरबाकस \ मकवानपुर प्रहरीले खैरो हिरोइन जस्तो पदार्थ सहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलीले विशेष सुचनाको आधारमा हेटौंडा ६ का ४० वर्षका मनोज चौलागाई पक्राउ परेका छन् ।
हेटौंडा ४ पारिजात पथमा किराना पसल सञ्चालन गर्ने चौलागाईको साथबाट प्रहरीले लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ९ ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले बताउनुभयो । उनीमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।








