
खबरबाकस \ मकवानपुरमा सोमबार थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको सोमबारको तथ्याङ्क अनुसार २०५ जनाको कोरोना जाँच गर्दा ८५ जनामा कोरोना पोजेटिभ देखिएको हो।
१५६ जनाको पिसिआर बिधिबाट कोरोना जाँच गर्दा ७४ जना र एन्टिजेन बिधिबाट ४९ जनाको कोरोना जाँच गर्दा ११ जना गरी ८५ जनामा कोरोना पुष्टि भएको हो। आजको कोरोना संक्रमित दर ४१ प्रतिशत रहेको छ।








