मुख्य खबरसमाचारफिचर

आजबाट मकवानपुरमा सवारी साधनमा जोरविजोर प्रणाली

संवाददाता

खबरबाकस \ मकवानपुरमा यातायातमा जोर बिजोर प्रणाली पुन लागु गरिएको छ । कोरोना संक्रमितमा कमि आएसँग निषेधाज्ञाको स्वरुप परिवर्तन गरी यसअघि हटाइएको बिजोर प्रणाली आज सोमबारबाट पुन कायम गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताएका छन्, ।

जिल्लामा चल्ने सबै खाले सार्वजनिक यातायात तथा निजी सवारीमा ज‍ोर बिजोर प्रणाली लागु हुने बताए । सार्वजनिक यातायात संचालन गर्ने अवधी भने विहान ६ बजेदेखि साँझ ७ बजेसम्म कायम रहने प्रशासनले जनाएको छ ।