मुख्य खबरसमाचारफिचर

मकवानपुरमा एक बालिका र एक युवकको निधन

संवाददाता

 खबरबाकस \ मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १२ धारापानीमा पानी घट्टमा परेर शनिबार साँझ एक बालिकाको मृत्यु भएको छ।

बकैया १२ धारापानीमा स्थानीय कमल घलेले संचालन गरेको पानी घट्टमा परेर स्थानिय ७ वर्षीया रोशनी न्यासुरको मृत्यु भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन्, ।

त्यस्तै, मकवानपुरको ईन्द्रसरोबर १ ठाडोखोलामा रहेको मोहिनी झरनामा चिप्लेर एक युवकको मृत्यु भएको छ ।शनिबार मोहिनी झरना हेर्न आएको पाँचथर घर भई हाल काठमाण्डौ नागर्जुन ३ बस्ने अन्दाजी २३ वर्षका सन्देश राई चिप्लेर झरना तल जमेको पानिमा डुबेर मृत्यु भएको दासले बताएका छन्, ।