मुख्य खबरसमाचारफिचर

४० हजार भन्दा धेरै लगत संकलन गरिसक्या थियौं : राना

संवाददाता

 खबरबाकस \ सरकारले भुमि सम्बन्धी समस्या समाधान आयोगनै खारेज गरेपछी मकवानपुर जिल्ला समितिले पाँच महिनामा गरेका कामको विवरण सार्वजानिक गरेको छ । आयोगका निवर्तमान पदाधिकारीले आज हटौंडामा पत्रकार सम्मेलन भुमि सम्बन्धी समस्या समाधान आयोग मकवानपुरका अध्यक्ष रामेश्वर राना, सदस्यहरु प्रतिमा श्रेष्ठ र तुलसी रिजालको उपस्थितीमा हाल सम्म भएका कामकारवाहीको विषयमा जानकारी गराएका थिए ।

आयोगका अध्यक्ष रानाले मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका र ४ वटा गाउँपालिकाहरुमा लगत संकलन गरि सकेको अवस्था र चार वटा स्थानीय तहको संकलन भइरहेको र २ वटाको पहिलो चरणको तयारी छलफलको तयारीमा रहेको बताए । उनले हेटौंडा उपमहानगरपालिकामा भूमिहिनको संख्या ३ हजार १२० रहेको छ भने अव्यवस्थितको संख्या ६ हजार ८११ गरी कुल संख्या ९ जनार ९ सय ३१ रहेको बताए ।

त्यस्तै, मकवानपुरगढी गाउँपालिकामा १८७ भूमिहिनको संख्या र अव्यस्थित बसोवास गर्ने ३ हजार ९२१ गरी भूमिहिन र अव्यस्थित गरी कुल ४ हजार १०८ रहेको छ । मनहरी गाउँपालिकामा ६८८ भुमिहिन नागरिक रहेकोमा अव्यस्थित घरधुरीको संख्या ७ हजार ४९२ गरी कुल भुमिहिन तथा अव्यस्थित नागरिकहरु ८ हजार १८० रहेको लागत संकलन गरिएको अध्यक्ष रानाले बताए ।

No description available.

त्यस्तै पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा ८० परिवार भूमिहिन, ७ हजार २० परिवार अव्यस्थित बसोबास गरी कुल ७ हजार १०० नागरिकहरु भूमिहिन तथा अव्यस्थित बसोबास गर्दै आइरहेको तथ्यांक छ भने बकैया गाउँपालिकामा ४५० भूमिहिन परिवार रहेको तथ्यांक छ भने १० हजार ७०० अव्यस्थित रुपमा बसोवास गर्दै आइरहेका नागरिकहरुको पहिचान गरी लागत संकलन गरिएकोमा कुल ११ हजार १ सय ५० नागरिक रहेको रानाले बताए । आयोग मकवानपुरले जिल्लामा हालसम्म ५ वटा पालिकाहरुबाट संकलन भएको भूमि समस्याको लागत संकलनको तथ्यांक अनुसार कुल ४० हजार ४६९ परिवार भूमि सम्बन्धि समस्या झेल्दै आएको पाइएको छ ।

जिल्लाको भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका र थाहानगरपालिकामा लागत संकलन तयारी कार्यको अन्तिम चरणमा पुगेको र राक्सिराङ र कैलाश गाउँपालिकामा भने कामको सुरुवात गर्न बाकीँ रहेको अध्यक्ष रानाले बताए । भूमि सम्बन्धि समस्या आयोग नै खारेजको काराणले लालपुर्जा पाइन्छ भनेर आशा गरेर बसेका मकवानपुरका भूमिहिन नागरिकहरु चिन्तित बनेको बताउदैं अध्यक्ष रानाले मकवानपुरका मात्रै हजारौं भूमिहिन नागरिकहरुको सपना खेर गएको बताए ।