
खबरबाकस \ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा कार्यरत एक महिला चिकित्सकमाथि अभद्र व्यवहार र गालीगलौज गरेको आरोपमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालक समिति सदस्य हिरा वाइबा पक्राउ परेका छन् ।
भीमफेदी गाउँपालिकाको त्रिखण्डीमा प्रतिष्ठानले गरेको श्रावण १६ गते शनिबार वनभोज कार्यक्रममा अत्यधिक मदिरा सेवन गरी आफूलाई अभद्र व्यवहार गरेको भन्दै ती महिला चिकित्सकले प्रहरीमा रिपोर्ट गरेकी थिइन् ।
उजुरी दिएको करिब ६ दिनपछि अस्पताल सञ्चालक समिति सदस्य वाइवा शुक्रबार पक्राउ परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्र सिं राठौरले सिधाखबरलाई बताए । वाईवा माथी थप अनुसन्धान भइरहेको उनले जनाए । पिडीत चिकित्सकले जिल्ला प्रशासन कार्यालय मकवानपुर, प्रतिष्ठान उपकुलपतिको कार्यालयमा पनि उजुरी दिएकी छिन् ।
पिडीतले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी दिन जादाँ मुख्यमन्त्री डोरमणि पौडेलले ठाडो आदेश दिएको र वाइवाको बचाउमा सम्पूर्ण सञ्चालक समिति लागि परेको जनाइएको छ । मुख्यमन्त्रीको आडमा स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुनै कोरोनाको महामारीको बेला बनभोज गरी रमाइलो गरिएको हो । सबै पार्क तथा बनभोज स्थल बन्द हुने प्रशासनले सुचना जारी गरेता पनि त्यसको मतलब नराखी पावरको भरमा बनभोज गरेका थिए ।








