मुख्य खबरसमाचारफिचर

मकवानपुरमा थप ७० जनामा कोरोना पुष्टि

संवाददाता

हेटौंडा \  मकवानपुरमा बिहिबारको तुलनामा  शुक्रबार कोरोना संक्रमितको संख्यामा कमी आएको छ। बिहिबार १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको  मकवानपुरमा शुक्रबार ७० जनामा कोरोना पुष्टि भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार २०१ जनाको कोरोना जाँच गर्दा ७० जनामा कोरोना पोजेटिभ देखिएको हो। शुक्रबारको तथ्याङ्क अनुसार १३६ जनाको पिसिआर बिधिबाट कोरोना जाँच गर्दा ६४ जना र एन्टिजेन बिधिबाट ६५ जनाको कोरोना जाँच गर्दा ६ जना गरी ७० जनामा कोरोना पुष्टि भएको हो।

आजको  कोरोना संक्रमित दर ३४ प्रतिशत रहेको छ। आज सबैभन्दा धेरै हेटौंडाका ६० जनामा कोरोना पुष्टि भएको हो।