मुख्य खबरसमाचारफिचर

मकवानपुरमा थप १०२ जनामा कोरोना पुष्टि

संवाददाता

 खबरबाकस \ मकवानपुरमा बिहिबार १०२ जनामा कोरोना पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार १७४ जनाको कोरोना जाँच गर्दा १०२ जनामा कोरोना पोजेटिभ देखिएको हो।

बिहिबारको तथ्याङ्क अनुसार ११८ जनाको पिसिआर बिधिबाट कोरोना जाँच गर्दा ८७ जना र एन्टिजेन बिधिबाट ५६ जनाको कोरोना जाँच गर्दा १५ जना गरी १०२ जनामा कोरोना पुष्टि भएको हो। आज सबैभन्दा धेरै हेटौंडाका ७६ जनामा कोरोना पुष्टि भएको हो।