
खबरबाकस \ गत जेठ २५ गते हेटौंडा ४ स्थित एक घरबाट पक्राउ परेका ६ जना मध्ये २ जना जबर्जस्ती करणी मुद्दामा पुर्पक्षका लागि जेल चलान भएका छन । ४ जना भने ३० हजार धरौटीमा छुटेका छन्, ।
जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्टको एकल इजलासले जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका ६ जना मध्य हेटौंडा ४ का रुस्तम कोईराला र ५० बर्षीय अख्तर हुसेनलाई जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो। त्यसैगरी अन्य चार जनालाई जुवा ऐन अन्तर्गत धरौटी माग गरिएको थियो।
जेठ २५ गते किशोरी सहित पक्राउ परेका ६ जना उपर किशोरीले आफुलाई बन्धक बनाई जवरजस्ती करणी गरेको उजुरी दिएपछि मकवानपुर प्रहरीले उनीहरुमाथि जबरजस्ती करणी अन्तर्गत र जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरेको थियो ।
मकवानपुर प्रहरीले जुवाको खालबाट ४० वर्षीय रुस्तम कोईराला सहित ६ जनालाई पक्राऊ गरेको थियो भने प्रहरीले जुवातास खेलिरहेको स्थानबाट जवरजस्ती करणी गरेको भन्दै उजुरी दिएकी किशोरीलाई समेतलाई फेला पारेको थियो।- प्रष्टखबरबाट








