
खबरबाकस \ मकवानपुरमा मंगलबारको तुलनामा बुधबार कोरोना संक्रमितको संख्या फेरी बढेको छ। मंगलबार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको मकवानपुरमा बुधबार थप १०५ जनामा कोरोना पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार २३२ जनाको कोरोना जाँच गर्दा १०५ जनामा कोरोना पोजेटिभ देखिएको हो। बुधबारको तथ्याङ्क अनुसार १७३ जनाको पिसिआर बिधिबाट कोरोना जाँच गर्दा ९६ जना र एन्टिजेन बिधिबाट ५९ जनाको कोरोना जाँच गर्दा ९ जना गरी १०५ जनामा कोरोना पुष्टि भएको हो।








