
खबरबाकस \ मकवानपुर प्रहरीले १२७ किलो गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ । बुधबार विहान जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानी स्थित पूर्व पश्चियम लोकमार्ग सडक खण्डमा विआरई २८३९ नम्बरको भारतीय ट्रकबाट १२७ किलो लागु औष्याध गाजाँ फेलापारी नियन्त्रण लिइएको छ ।
ट्रक पछाडी ढालामा फल्स बटम बनाई गाँजा लाइएको प्रवक्ता तथा प्रहरी निरीक्षक देवेन्द्र दासले बताउनुभयो । प्रहरीले गाजाँ सहित ट्रक चालक भारतिय नागरिक ३८ वर्षका रामराज सहनी, ट्रकमा सवार १८ वर्षका राहुल कुमार सहनी, र वीरगञ्ज महानगरका वडा ९ चुर्नी बस्ने ३० वर्षका रियाजुल अंसारीलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, मकवानपुर प्रहरीले हेटौंडाको एक गेष्टहाउसबाट लागुऔषध नाइट्रोभेट सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा निजगढ १३ बस्ने सुवास गोले र सरोज थिङ रहेका छन् । उनीहरुको साथबाट प्रहरीले १ हजार १२५ ट्याब्लेट नाइट्रोभेट बरामद गरेको छ । प्रहरीले विशेष सुराकीको आधारमा पक्राउ गर्न सफल भएको हो ।








