मुख्य खबरसमाचारफिचर

हेटौंडा अस्पतालका मेसु डा. सापकोटा मनोमानी, अप्रेसन कक्षबाटै फर्काइयो विरामी

संवाददाता

खबरबाकस \ हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. रामचन्द्र सापकोटाले विरामीको उपचारमा मनोमानी गरेको खुल्न आएको छ । दुई वर्ष अगाडी दुर्घटनामा परेका पर्सा जिल्लाको कालिकामाई २ का समासद मियाँको डा. सापकोटाले शल्यक्रिया गरी खुट्टाको उपचार गरेका थिए ।

खुट्टामा हालेको स्टिल समय पुरा भए पश्चात मियाँले डा. सापकोटालाई स्टिल निकाल्न धेरै पटक अनुरोध गरे । कोरोना महामारीका कारण डा. सापकोटाले उनको उपचारलाई सामान्य भएपछि स्टिल झिकिदिन्छु भनी आश्वासन दिए । मियाँले पछिल्लो समय डा. सापकोटालाई उपचारको लागि अनुरोध गरेपछि दुई हप्ता अगाडी मियाँको परिवार हेटौंडा आएका थिए । अस्पताल पुगेपछि डा. सापकोटाले सामान्य अवस्था छ एक हप्ता पछि स्टिल झिकिदिने आश्वासन दिए । सोही अनुरुप उपचारका लागि हेटौंडा बसेर पालो कुरेर बसेका मियाँलाई गत शुक्रबार डा. सापकोटाले भर्ना गराए । शुक्रबार अपराह्न ४ बजे भर्ना भए मियाँलाई डा.सापकोटाले भोली अप्रेसन हुन्छ खाली पेट बस्नु भनी आग्रह गरे ।

डाक्टरको आग्रह अनुरुप मियाँ शुक्रबार बेलुकी देखी शनीबार अप्रेसन हुने आसले डाक्टरले भने बमोजिम भोकै बसे । शनिबार मियाँलाई विहानी समयमा अप्रेसनको लागि भनेर आवश्यक औषधि खरिद गरी अप्रेसन थेटरमा लगियो । तर सम्पूर्ण तयारी गरी सकेपछि अन्तत् डा. सापकोटाले तपाईको केस जटिल नभएको भन्दै अर्कैदिन गर्दा नि हुन्छ भन्दै आफु व्यस्त रहेको बताउदैं बाहिरिए ।

यता पिडित पक्ष मियाँका परिवारले आफु माथी डाक्डरले उपचार नगरी आफुलाई पन्छाएर अन्याय गरेको भन्दै डाक्टरलाई उपचार गर्न अनुरोध गरे तर डा. सापकोटाले अर्को जटिल केस आएकोले दुई महिना पछि गरौला अहिलेलाई नसक्ने भन्दै घर जान अनुरोध गरे । आफुलाई औषधि किन्न लगाएर उपचार नगरे पछि मियाँ परिवार खिन्न हुदैं मिडियामा आइपुगेका हुन् । कुनैपनि अस्पतालमा उपचारमा पालो कुर्नुपर्छ तर हेटौंडा अस्पतालमा आफ्नो पालो कुरेर अप्रेसन कक्षको वेडमा रहेका विरामीलाई पन्छाएर पहुँचको आधारमा अर्को विरामीलाई उपचार गर्नु कतिको न्याय हुन्छ ? यो हेटौंडा अस्पतालमा मात्र देखियो ।

डा. सापकोटाले अस्पतालमा मानोमानी ढङ्गले उपचार गरेको पाइएको छ । हामीले डाक्टर सापकोटालाई तपाइले किन यस्तो गर्नुभयो भन्ने प्रश्न गर्दा उनले यो भन्दा जटिल केस आएकाले समय दिन नसकेको बताए । अस्पतालको मेसुले यस्तो गैरजिम्वेवार अपरिपक्क व्यवहार देखाए पछि विरामी मियाँका बाबु फजिर मियाँले आफुहरुलाई उपचारमा जातीय विभेद गरिएको आरोप लगाएका छन् । उनले हामीलाई किन यसरी दुख दिए ? भन्दै गुनासो गरेका छन् । उपचारमा पक्षपात भए पछि विरामीको परिवारले अस्पतालमा आक्रोश व्यक्त गरेपछि डा. सापकोटाले विरामीको उपचार आफुबाट नहुने बताए । विरामीको उपचारमा पक्षपात गरेको आरोप लागेका डा. सापकोटाले सिधाखबर सँग कुरा गर्दै विरामीलाई माया गर्न खोजेको तर पचेन उनले भने ।