मुख्य खबरसमाचारफिचर

सरकारी कार्यालयमा अझै राखेनन् प्रधानमन्त्री देउवाको फोटो

संवाददाता

 खबरबाकस \ नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा देशको प्रधानमन्त्री हुनभएको तीन साता वितिसक्दा पनि मकवानपुरका सरकारी कार्यालयहरुले फोटो परिवर्तन गरेका छैनन् । यस अघि प्रधानमन्त्री भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फोटो हटाइएता पनि हटाइएको स्थानमा फेरिएका प्रधानमन्त्री देउवाको तस्विर नराख्नुमा एकरुपता नछाएको देखिन्छ ।

खास गरी देशका राष्ट्र प्रमुखहरुका तस्विर सरकारी तथा स्थानीय निकायका प्रमुखका कार्यकक्षमा राख्ने प्रचलन रहि आएको छ । गृह मन्त्रालय अन्तरगत पर्ने जिल्ला प्रशासन कार्यालय मकवानपुरमा अझै प्रधानमन्त्री देउवाको तस्विर राखिएको छैनन् । यस अघि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्विर राखिएको थियो । तर प्रधानमन्त्री परिवर्तन पछि राष्ट्रपतिको मात्रै तस्विर राखिएको छ । यसबारे बुझ्दा प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले नभ्याइएको कारण नराखिएको बताउदैं तस्विर बनाउन दिएको बताए ।

No description available.

त्यस्तै हेटौंडा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पनि राष्ट्रपतिको मात्रै तस्विर राखिएको छ । यो सँगै जिल्लाका धेरै जसो सरकारी कार्यालयमा प्रधानमन्त्री देउवाको फोटो राख्न सकेका छैनन् । यी कार्यालयहरुमा प्रधानमन्त्री परिवर्तन भएको दिनदेखी प्रधानमन्त्रीको फोटो पनि परिवर्तन गरिनुपर्छ भन्ने हेक्का भएन् । सविधानमा उल्लेख नभएपनि राष्ट्रका राष्ट्र प्रमुखहरुको तस्विरहरु राख्ने प्रचलन रहि आएको छ ।