मुख्य खबरसमाचारफिचर

मकवानपुरमा थप ११८ जनामा कोरोना पुष्टि

संवाददाता

 खबरबाकस \ मकवानपुरमा कोरोना संक्रमितको संख्या बढ्दोक्रममा रहेको छ । मकवानपुरमा सोमबार मात्रै ११८ जनामा कोरोना पुष्टि भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले सोमबार उपलब्ध गराएको तथ्याङ्क अनुसार २३८ जनाको कोरोना जाँच गर्दा ११८ जनामा कोरोना पोजेटिभ देखिएको हो।

सोमबार १७४ जनाको पिसिआर बिधिबाट कोरोना जाँच गर्दा ९५ जना र एन्टिजेन बिधिबाट ६४ जनाको कोरोना जाँच गर्दा २३ जना गरी ११८ जनामा कोरोना पुष्टि भएको हो। आजको कोरोना संक्रमित दर ४९ प्रतिशत रहेको छ। आज सबैभन्दा धेरै हेटौंडाका ८९ जनामा कोरोना पुष्टि भएको छ ।