मुख्य खबरसमाचारफिचर

मकवानपुरमा आज ८८ जनामा कोरोना पुष्टि

संवाददाता

खबरबाकस \ मकवानपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । आइतबार मात्र ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले आइतबार उपलब्ध गराएको तथ्याङ्क अनुसार १४५ जनाको कोरोना जाँच गर्दा ८८ जनामा कोरोना पोजेटिभ देखिएको हो । आइतबारको तथ्याङ्क अनुसार ८९ जनाको पिसिआर विधिबाट कोरोना जाँच गर्दा ७९ जना र एन्टिजेन विधिबाट ५६ जनाको कोरोना जाँच गर्दा ९ जना गरी ८८ जनामा कोरोना पुष्टि भएको हो।

आजको कोरोना संक्रमित दर ६० प्रतिशत रहेको छ । आइतबार सबैभन्दा धेरै हेटौंडाका ६३ जनामा कोरोना पुष्टि भएको छ ।