मुख्य खबरसमाचारफिचर

घरेलु कार्यालय मकवानपुरले उठायो १२४ प्रतिशत राजस्व

संवाददाता

 खबरबाकस \ घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७७/०७८ मा १२४ प्रतिशत बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७६/०७७ को तुलनामा १२४ प्रतिशत बढी राजस्व संकलन गरेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जगन्नाथ दाहालले बताए ।

कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा व्यवसाय रजिष्टेशनबाट ४ करोड ७२ लाख ५६ हजार ७४८ रुपैयाँ, अन्य प्रशासनिक सेवा शुल्कबाट २२ लाख ५० हजार ३२० रुपैयाँ, दण्ड जरिवानाबाट ८ लाख रुपैयाँ र बेरुजु असुलीबाट १८ हजार रुपैया गरी जम्मा ५ करोड ३ लाख ८ हजार ८६८ रुपैयाँ राजस्व सङ्कलन गरेको प्रमुख दाहालले बताए । गत आव २०७६/०७७ मा भने २ करोड २४ लाख ८३ हजार ८२० रुपैया राजस्व सङ्कलन भएको थियो ।

प्रमुख दाहालका अनुसार आव २०७७/०७८ मा कार्यालयमा १ हजार ६९८ वटा उद्योग र ८०२ वटा वाणिज्य गरि कुल २ हजार ५ सय वटा नयाँ व्यवसाय दर्ता भएका छन् । यस्तै उद्योग र वााणिज्य तर्फ क्रमश नविकरण ७८६ र १ हजार २८, नामसारी ११५ र ८१, ठाउँसारी ४३ र २६, उद्देश्य थप ५५ र १२७, लगत कट्टा १०१ र १८४, पुँजी वृद्धि ३०० र ३१९ र प्रतिलिपी प्रदान ९५ र २०० जना व्यवसायीलाई सेवा प्रदान गरिएको बताए । ५ लाख पूँजीसम्मका व्यवसायहरु भने स्थानीय तहमै दर्ता हुने गर्दछ ।