
खबरबाकस \ मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेकोे भीमफेदी कारागारमा रहेका ३ सय ५५ जना कैदीबन्दिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बिहीवार गरिएको एन्टिजेन प्रविधि परिक्षणबाट ३५५ जनामा कोरोना पुष्टिभएको हो । कारागारमा रहेका ८ कर्मचारी सहित ९६९ जना कैदीहरुमा गरिएको एन्टिजेन परीक्षणमा ३५५ जनामा पोजेटिभ देखिएको भीमफेदीका स्वास्थ्य संयोजक रामनाम थिङले बताउनुभयो ।
कोरोना पुष्टि भएकाहरुलाई अहिले छुट्टै ब्लकमा राखिएको कारागार प्रशासनले जनाएको छ । कैदी स्थानान्तरणको क्रममा भीमफेदी कारागारबाट अन्त सारिएका ५ जनामा कोरोना देखिएपछि भीमफेदी कारागारका सम्पुर्ण कैदिबन्दीको कोरोना परिक्षण गरिएको थियो ।








