
खबरबाकस \ मकवानपुर प्रहरीले ६५ किलो गाँजा सहित २ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा १९ नेवारपानीमा मनहरीबाट हेटौडा आउदै गरेको बा ११ च ९५०९ नम्बरको स्कारपियो गाडीबाट ६५ किलो लागु औषध गाँजा सहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले बताउनुभयो ।
प्रहरीले सवारी साधन चालक भरतपुर महानगपालिका वडा नम्बर २० चनौली बस्ने रोशन परियार र सोही गाडीमा सवार राक्सिराङ गाउँपालिका वडा नम्बर ६ बस्ने ललित तामाङलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रिमालले बताउनुभयो ।








