
खबरबाकस \ मकवानपुरमा यसअघिदेखि जारी रहेको निषेधाज्ञा पुनः थपिएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।a
बैठकले कोभिडको जोखिम अझै रहेकालाई साउन २४ गतेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको छ ।यसअघि निषेधाज्ञाका लागि तोकिएका व्यवसाय र क्षेत्र साविक अनुसार नै संचालन हुने र सार्वजनिक यातायात पनि अघिल्लो पटक तोकिएको समय सम्म मात्र संचालन गर्न सकिने जनाइएको छ।








