
काठमाडौँ \ सत्तारूढ गठबन्धनको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे सुरु भएको हो ।
गठबन्धनमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल , जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतको सहभागिता रहेको छ । एमालेको माधव नेपाल पक्षबाट पोलिटव्युरो सदस्य डा विजय पौडेलसमेत सहभागी हुनुहुन्छ ।
बैठकमा सरकारका न्युनतम साझा कार्यक्रम र मन्त्रिपरिषद् बिस्तारलगायत बिषयमा छलफल केन्द्रीत हुने बताइएको छ ।








