
हेटौंडा \ हेटौंडा उपमहानगरपालिकाले निशुल्क शव वाहनको सेवा सुरु गरेको छ । उपमहानगरपालिका क्षेत्रभित्रमा घरमा वा अस्पतालमा कसैको मृत्यु भइहालेमा आर्यघाट सम्म पु¥याउन सहज होस भन्ने उद्देश्यले निशुल्क शव वाहनको सेवा सुरु गरिएको उपमहानगरका मेयर हरि बहादुर महतले बताए ।
अहिलेको अवस्थामा कसैको मृत्यु भइहालेमा बाँसमा राखेर आर्यघाट सम्म लगिदै आएको छ । अब भने शव वाहनमा राखेर लैजानका लागि सहज बनाइएको मेयर महतले बताए ।
उपमहानगरपालिकाले ठेक्का मार्फत २३ लाख ३५ हजार रुपैयाँ लागतमा शव वाहन खरिद गरिएको हो । उपमहानगरपालिका क्षेत्रमा कसैको भवितव्य रुपमा खोलामा डुवेर, झुण्डिएर, विष सेवन गरेर मृत्यु भएमा पोष्टमार्टमका लागि अस्पताल सम्म ल्याउन पनि शव वाहनले सेवा दिने मेयर महतले बताएका छन् ।








