मुख्य खबरसमाचारफिचर

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

संवाददाता

कोरोना महामारीका बेला स्वास्थ्यमन्त्री को बन्ला भन्ने कौतुहता बढिरहेको बेला स्वास्थ्य मन्त्रालयको जिम्मा उमेश श्रेष्ठलाई  दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवासँगै रहने गरि श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरिएकाे हाे । श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे कार्यभार सम्हाल्ने  जिम्मा दिइएकाे छ ।

उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा नेपालको संविधान धारा ७६ को उपधारा ९ बमोजिम स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले सोही दिन ५ सदस्यीय मन्त्रिमण्डल बनाएपनि त्यसपछि मन्त्रिपरिषद् विस्तार हुन नसकेको बेला आज एक राज्यमन्त्री थप गरिएको हो।