मुख्य खबरफिचर

मुख्यमन्त्री र मन्त्रीहरुबिच एक वर्षे करार संझौता

संवाददाता

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र अरु मन्त्रीहरुका बिचमा कार्यसम्पादन संझौता गरिएको छ । बितेको आर्थिक वर्षमा जस्तै चालु आर्थिक वर्षको सुरुमै कार्यसम्पादन संझौता गरिएको हो । यो करार संझौता आउँदो असार मसान्त सम्ममा लागू हुने छ ।

मुख्यमन्त्री पौडेलले आज आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेल, भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फूयाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा र सामाजिक विकास मन्त्री शरस्वती बस्नेतसंग कार्यसम्पादन संझौता गर्नुभएको हो । मुख्यमन्त्री र मुख्यमन्त्री कार्यालयका प्रमुख सचिब डाक्टर मुकुन्द पौडेलका बिचमा पनि संझौता भएको छ । अरु मन्त्रीहरु भने कार्यक्रममा उपस्थित थिएनन् ।