मुख्य खबरसमाचारफिचर

प्रदेशलाई डिजिटल प्रदेशको रुपमा लैजाने: मुख्यमन्त्री पौडेल

यातायातको राजश्व अब अनलाइनबाटै

संवाददाता

खबरबाकस \ बागमती प्रदेश सरकारले सवारी साधनहरुको अनलाइन प्रविधिबाट भुक्तानी गर्न तयार गरिएको यातायात व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले शुक्रवार एक समारोहका बीच सवारी साधनहरुको अनलाइन प्रविधिबाट भुक्तानी गर्न मिल्ने गरी बनाइएको यातायात व्यवस्थापन सूचना प्रणालीको उद्घाटन गरेर शुभारम्भ गर्नुभएको हो ।

No description available.

उद्घाटन कार्यक्रममा मुख्यमन्त्री पौडेलले हेटौंडाका सेवाग्राही चिन्तामणी फुयाँलको मोटरसाइकलको उक्त प्रणालीलाई मार्फत राजश्व तिरेर यातायात व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गर्नुभएको थियो । यस सेवालाई आन्दोलनको रुपमा लैजानका लागि सुरुवाती कठिनाइ भएता पनि पछिका दिनमा सहज हुने बताउदैं मुख्यमन्त्री पौडेलले प्रदेशलाई डिजिटल प्रदेशको रुपमा लैजाने बताउनुभयो ।

बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले बागमती प्रदेशमा दर्ता भएका सवारीको अनलाइन प्रणालीबाट राजश्व तिर सक्ने उद्देश्यले उक्त प्रणालीको आजबाट विधिवत रुपमा शुभारम्भ गरिएको जनाइएको छ । यस प्रणालीले कर निर्धारण गर्ने, इम्बोस्ड नम्बर प्रणाली, सवारी बिमा पहिचान, सवारी साधन दर्ता, नवीकरण लगायतका कार्य सहज बनाइ कर प्रणालीमा सहजता आउने जनाइएको छ ।

No description available.

प्रदेश सरकारको मातहतमा रहेका यातायात व्यवस्था कार्यालय सहित ६ वटा सेवा कार्यालयबाट सेवा प्रदान गरिने जनाइएको छ । बागमती प्रदेशमा नेपालमा दर्ता रहेका सवारी साधन मध्ये ४७ प्रतिशत साधन बागमती प्रदेशमा दर्ता रहेका छन् । आव २०७७/०७८ बागमती प्रदेशमा १२ लाख ४३ हजार साधन दर्ता भएका छन् । असार १५ सम्ममा ८ अर्ब ९३ करोड, ९८ लाख, ५० हजार ३९८ राजश्व संकलन गरिएको जनाइएको छ ।

सूचना प्रणालीको शुभारम्भ कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल, आर्थिक मामिला मन्त्री कैलाश प्रसाद ढुङ्गेल, कृषि मन्त्री दावा दोर्जे लामा, सामाजिक विकास मन्त्री सरस्वती बस्नेत, जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलाल, बागमती प्रदेशका प्रमुख सचिव डाक्टर मुकुन्द प्रसाद पौडेल, बागमती प्रदेशका प्रहरी प्रमुख डिआइजी प्रकाश जंग कार्की लगायतको विभिन्न प्रदेश मातहतका कार्यक्रमका प्रमुखहरुको उपस्थिति रहेको थियो। बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहेका यातायात व्यवस्था तथा सेवा कार्यालय गरी ६ वटा कार्यालयबाट यस प्रणालीबाट सेवा लिन सकिने छ ।