मुख्य खबरसमाचारफिचर

मकवानपुरमा एक वर्षमा १५१ जना पक्राउ, २ हजार किलोभन्दा बढी गाँजा बरामद

संवाददाता

 खबरबाकस \ मकवानपुर प्रहरीले गत श्रावणदेखी असार मसान्त सम्म लागूऔषध सहित १५१ जना मानिस पक्राउ परेका छन् । लागूऔषध ओसार पसारमा संलग्न  १५१ जनालाई पक्राउ गरेर प्रहरीले अदालतमा मुद्धा चलाएको प्रहरी प्रवक्ता तथा प्रहरी नायब निरिक्षक जयश्वर रिमालले बताउनुभयो ।

प्रहरीले विभिन्न प्रकारका लागूऔषध ओसार पसार गर्नेहरुलाई पक्राउ गरेको छ । गाँजा र चरेश बनाएर भारत निकासी गर्ने र भारतबाट सिरीन्ज र ट्याबलेट जस्ता लागूऔषध ओसार्नेलाई पक्राउ गरिएको प्रवक्ता रिमालले बताउनुभयो ।

पक्राउ पर्नेमा अधिकांश पुरुष रहेका छन् । १३९ जना नेपाली पुरुष रहेका छन् भने ३ जना भारितिय पुरुष रहेका छन् । पक्राउ पर्नेमा ९ जना नेपाली महिलाहरु रहेका छन् । प्रहरीले आर्थिक वर्ष २०७७/०७८ को एक वर्ष अवधिमा सबै भन्दा धेरै असार महिनामा ३३ जनालाई लागूऔषध सहित पक्राउ गरेको प्रवक्ता रिमालले बताउनुभयो ।

प्रहरीले एक वर्षको अवधिमा २ हजार ३८३ केजी गाँजा बरामद गरेको छ । मकवानपुर भएर भारत निकासी गर्न लागिएको गाँजा नियन्त्रणमा लिएको हो । गाँजा सहित धेरै सवारीका साधन पनि नियन्त्रणमा लियएको प्रहरीले जनाएको छ । प्रहरीले गाँजा सहित चरेश, खैरो हिरोइन, अफिम, नाइट्रोभेट (ट्याबलेट), डाइजोपाम समेत फेनारगन, नोर्फिन, कोरेक्स जस्ता लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख रहेको छ ।