
खबरबाकस \ लागुऔषध नियन्त्रण व्युरो कोटेश्वर काठमाडौंबाट प्रहरी नायब उपरीक्षक योगेन्द्र कुमार खड्काको नेतृत्वमा रहेको प्रहरी टोलीले अफिम जस्तो देखिने कालो पदार्थ सहित मकवानपुर बकैयाका एक जना पक्राउ गरेका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ संगमचोकबाट ५ किलो ७५० ग्राम कालो पदार्थ सहित मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ राजदमारका ४४ वर्षीय रत्न भुलुनलाई पक्राउ गरिएको हो।
भुलुनलाई व्युरोको टोलीले सूचनाको आधारमा कारोबार गरिरहेको अवस्थामा संगमचोकबाट पक्राउ गरेको हो। पक्राउ परेका भुलुनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखि अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ।








