
काठमाडौं \ सर्वोच्च अदालतबाट दोस्रो पटक पुर्नस्थापित प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आज बस्ने प्रतिनिधि सभा बैठकमा सरकारले १६ वटा विधेयकहरू पेश गर्ने तयारी गरेको छ ।
यीमध्ये बजेट सम्बन्धी ३ वटा अध्यादेश रहेका छन् । हिजो बसेको मन्त्रिपरिषद बैठकले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेशहरु प्रतिनिधि सभामा पेश गर्दै प्रक्रियामा लैजाने निर्णय गरेको थियो ।








