
खबरबाकस \ मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका अध्यक्ष पदका उम्मेदवार कृष्ण कुमार गुप्ता (अग्रवाल) जिताऔं अभियान समूहले शनिबार खाद्यान्न सहयोग गरेको छ । हेटौंडा उपमहानगर वडा नम्बर १६ को शक्तिडाँडा क्षेत्रमा सहयोग गरिएको हो ।
वडा नम्बर १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाको उपस्थितीमा ४५ घर परिवारलाई चामल, नुन, दाल, लगायत अन्य खाद्यान्न वितरण गरिएको प्यानल जिताऔं समूह उपाध्यक्ष पदका उम्मेदवार तथा कार्यक्रम संयोजक प्रमोदसिं रानाभाटले बताए ।
अध्यक्ष पदका उम्मेदवार कृष्ण कुमार गुप्ता (अग्रवाल) जिताऔं अभियान समूहले आर्थिक स्तर कमजोर भएका र कोरोनाको बेला लकडाउन प्रभावित परिवारलाई खाद्यान्न सहयोग गरिएको अध्यक्ष पदका उम्मेदवार कृष्ण कुमार गुप्ताले बताए ।








