मुख्य खबरसमाचारफिचर

गाउँपालिकाको शिक्षक स्वर्णिम अवकास प्रोत्साहन कार्यक्रम

२ करोड ९५ लाख ५० हजार शिक्षा र खेलकुदमा बजेट

संवाददाता

खबरबाकस \ मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले सातौं गाउँ सभाले आर्थिक वर्ष २०७८/०७९का लागि ७२ करोड ७५ लाख ३५ हजारको बजेट पास गरेको छ । प्रदेश, संघीय सरकारका सर्सत, समपुरक, विषेश बजेट अनुदान सँगै गाउँपालिकाको समेत गरी उक्त बजेट पास गरिएको हो ।

गाउँपालिकाले शिक्षा र खेलकुदको लागि २ करोड ९५ लाख ५० हजार बजेट छुट्याएको छ । गाउँपालिकाले शिक्षक स्वर्णिम अवकास प्रोत्साहन कार्यक्रमलाई ४५ लाख विनियोजित गरिएको छ । विद्यार्थीलाई दिवा खाजाको लागि ४० लाख,एमविविएस छात्रवृतिका लागि २० लाख, असहाय, बेसाहरा, दलित छात्रछात्रालाई उच्च शिक्षाको छात्रवृतिको लागि ७ लाख इसिडी कक्षा व्यवस्थापन तथा सञ्चालनको चालु खर्च ५० लाख र इसिडी शिक्षिका अवकास प्रोत्साहन कार्यक्रमलाई १० लाख विनियोजित गरिएको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले बताउनुभयो ।

गाउँपालिकाले ८ वटै वडामा बालउद्यान निर्माणका लागि १६ लाख, विद्यालय बालमैत्री संरचना निर्माणका लागि १२ लाख, गाउपालिका स्तरीय खेलकुदलाई ५ लाख र स्थानीय तह स्तरीय राष्ट्रिय फुटबल प्रतियोगिताको लागि ५ लाख विनियोजन गरिएको अध्यक्ष हुमागाइले बताउनुभयो ।

गाउँपालिकाले उत्कृष्ट खेलाडी,विद्यालय, विद्यार्थी प्रोत्साहन कार्यक्रम, खेलकुद सामाग्री खरिद,विद्यालय शैक्षिक सुधार कार्यक्रम, शैक्षिक अवलोकन भ्रमण, राष्ट्रपति कप खेलकुद कार्यक्रम, विद्यालयका इन्टरनेट जडान, खेलकुद मैदान, छापाखाना तथा कम्प्युटर कक्षा सञ्चालन, बंशगोपाल मावि प्राविधिक छात्रवृति कार्यक्रम, विपनन जेहेन्दार तथा प्राविधिक छात्रवृति, विद्यालयमा इहाजिरी तथा शैक्षिक सामाग्री सहित शिक्षा र खेलकुदका अन्य क्षेत्रमा बजेट विनियोजन गरिएको अध्यक्ष हुमागाईले बताउनुभयो ।