
काठमाडौं \ महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथ सर्वोच्च अदालतमै भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा महान्यायाधिवक्ताको शपथ गर्न अस्वीकार गरेपछि सर्वोच्च अदालतमै प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाले खातीको शपथ ग्रहण गराउनु भएको हो ।
राष्ट्रपतिले संविधानमा महान्यायाधिवक्ताको शपथ राष्ट्रपति कार्यालयमा गर्ने उल्लेख नभएको भन्दै सर्वोच्च अदालतमै शपथ गर्न परिपत्र गरेको बुझिएको छ ।
राष्ट्रपति कार्यालयले भने यसअघि सर्वोच्चका न्यायाधीश कुमार चुडाल र नहकुल सुवेदीको शपथ पनि सर्वोच्च अदालतमै भएको स्मरण गराउँदै शीतलनिवासमा महान्यायाधिवक्ता खातीको शपथ गर्न अस्वीकार गरेको हो। राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतमै खाती शपथग्रहण गराउन भन्दै परिपत्र जारी गरेको थियो ।








