
खबरबाकस \ मकवानपुरमा जारी रहेको निषेधाज्ञा एक साता थपिएको छ । विहीबार जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको बैठकले साउन ७ गते सम्मका लागि थपिएको प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डे बताउनुभयो ।
खाद्यान्न पसल विहान ११ बजे सम्म भने गैर खाद्यान्न पसल ११ बजे देखी साँझ ६ बजे सम्म खोल्न पाइनेछ । सार्वजानिक सवारी साधनमा भने विहान ६ बजे देखी साँझ ७ बजे सम्म सञ्चालन गर्न पाइने प्रजिअ पाण्डेले बताउनुभयो । बाकीँ अन्य निर्णय भने पुरानै कायम रहने जनाइएको छ ।








