मुख्य खबरसमाचारफिचर

प्रधानमन्त्री देउवालाई माधव नेपालको वचन : विश्वासको मत दिन्छौं

संवाददाता

काठमाडौं \ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बचन दिएका छन् ।

नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा प्रधानमन्त्री भएको भोलिपल्ट बुधबार सरकार गठनमा निर्णायक भूमिका खेलेका नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वरमा पुगेका थिए । भेटमा नेता नेपालले प्रधानमन्त्री देउवालाई आफ्नो समूहका सांसदहरुले विश्वासको मत दिने आश्वासन दिएका छन् ।

नेता नेपालले आफ्नो समूहका नेताहरुलाई सुनाएअनुसार प्रधानमन्त्री देउवालाई सरकारलाई भ्रष्टाचाररहित बनाउन र जनभावना अनुसार काम गर्न सुझाव दिएका छन् ।