
खबरबाकस \ मकवानपुर प्रहरीले हेटौंडाको दुई स्थानबाट २०९ किलो लागु औषध गाजाँ सहित प्रहरीले सवारी साधन र मानिस नियन्त्रणमा लिएको छ ।
बुधबार प्राप्त बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले जिल्ला हेटौंडा १५ रातोमाटेमा हेटौडाबाट बारा तर्फ जाँदै गरेको विआर०१जीजी ९४९५को भारतीय ट्रकबाट गाँजा १६९ किलो फेला परेको र गाडीका चालक भारत मोतिहारी बस्ने ३०वर्षको रविन्द्र राय र सहचालक सोही स्थान बस्ने ३१ वर्षको मुक्तार सैफिकलाई गाँजा, गाडी सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता प्रहरी नायब निरिक्षक जयश्वर रिमालले बताउनुभयो ।

त्यस्तै आजै विहान ७ बजे तिर बिशेष सूचनाको आधारमा प्रहरी टोलिले हेटौंठा १९ नेवारपानीबाट मनहरीबाट हेटौडा तर्फ आउँदै गरेको ना ६ ख ३७४१ नम्बरको कन्टेनर गाडीमा गाँजा ४० किलो गाजाँ फेला परेकोले गाडीका सहचालक नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नम्बर ४ बस्ने १९ वर्षका दीपक गुरुङलाई गाँजा, गाडी सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।








