मुख्य खबरसमाचारफिचर

सरकार निर्माण कम्पनी खोल्ने र व्यापार गर्नेतिर लाग्नु हुन्न: नेता बानियाँ

संवाददाता

खबरबाकस \ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेश सरकार आफैंले बस खरिद गरेर व्यापार गर्नतिर लाग्न नहुने धारणा राखेका छन् । प्रदेशसभाको विनियोजन विद्येयक २०७८ माथिको छलफलमा बोल्दै नेता बानियाँले कांग्रेसले यसअघि नै आफ्नो स्पष्ट धारणा राखिसकेको बताउँदै सरकार आफैंले मिडिया हाउस खोल्ने निर्णय पनि गलत भएको दोहो¥याएका छन् ।

विद्युतीय बस खरिद, मिडिया हाउस सञ्चालन लगायतको विषय उठाउँदै अवरुद्ध प्रदेशसभा सञ्चालन गर्न विपक्षी दलहरुसँग भएको छलफलको क्रममा मुख्यमन्त्री पौडेलले गरेको प्रतिवद्धताअनुरुप स्पष्टीकरण नदिएको भन्दै नेता बानियाँले असन्तुष्टी व्यक्त गरे । मुख्यमन्त्री पौडेलले घुमाउरो अभिव्यक्ति दिएको भन्दै बानियाँले असन्तुष्टी जनाएका हुन् ।

‘इलेक्ट्रिक बस चाहिन्छ, नेपालमा प्रशस्त विजुली उत्पादन गरेपछि सरकारले निजी क्षेत्रलाई निजी सवारी साधन किन्नलाई ठूला ठूला कम्पनीहरुबीच प्रतिष्पर्धा गराई जनतालाई सुविधा दिनुपर्छ । र त्यसबाट राज्यले कर लिनुपर्छ ।’ नेता बानियाँले भने–‘त्यसैले अहिले सरकारले इलेक्ट्रिक बस किनेर व्यापार गर्न नलागोस्, ।

‘सरकारले बजेट ल्याउँदा भौगोलिक विविधता, विकटता, समावेशीको सिद्धान्तमा नरहि बजेट ल्याइएको छ । बजेट विभेदकारी र पहुँचवालाको मात्र रहेको गरिब र निमुखा जनताको पक्षमा नरहेको नेता बानियाँले बताए ।