मुख्य खबरसमाचारफिचर

बजेट मन्त्रीमुखी र गुटमुखी रहेको छ : नेता जम्कट्टेल

संवाददाता

 खबरबाकस \ बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले प्रदेश सरकारले विभेदकारी बजेट ल्याएको भन्दै विरोध जनाएका छन् । भूगोल विशेष र आवश्यकताको आधारमा बजेट बनाउनुपर्नेमा मन्त्रीमुखी र मन्त्री वरिपरी घुम्ने गुटमुखी बजेट आएको भन्दै उनले आपत्ति जनाएका छन् ।

प्रदेशसभाको विनियोजन विद्येयक २०७८ माथिको छलफलमा बोल्दै नेता जम्कट्टेलले बजेट परिमाणमुखी छैन र छरिएर बनाइएको बजेटले प्रदेशमा विकास हुदैन भन्दै बजेटले समाज, भुगोल र क्षेत्र चिनेको छैन र पार्टीगत क्षेत्रमा बजेट विनियोजन गरिएको बताए । उनले दलित, गरिब अल्पसंख्यक समुदायको क्षेत्रमा बजेटले कुनै पनि सम्बोधन नगरिएको बताउदैं यसअघिका वर्षहरुमा निरन्तर रुपमा राखिको द्वन्द्वपीडितका कार्यक्रमहरु र बजेट कटौती गरिएको भन्दै आपत्ति जनाए ।

‘द्वन्द्वपीडितका क्षेत्रका कार्यक्रमहरु किन राखिएनन् । ‘प्रदेशभित्र ७ हजारको हाराहारीमा द्वन्द्वपीडित छन् । घाइते अपाङ्गहरुको लागि पनि बजेटले सम्बोधन गर्न सकेको छैन ।’ उनले भने प्रश्न गरे ।