मुख्य खबरसमाचारफिचर

चार्जिङ स्टेशन स्थापनापछि बस किन्ने, सञ्चार गृह होइन छापाखाना प्रेस चलाउने : मुख्यमन्त्री पौडेल

संवाददाता

खबरबाकस \ बागमती प्रदेशसभामा विषेश समयमा उठेका प्रश्नको जवाफ दिदैं प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले बजेट पुस्तक दुईवटा प्रकाशन, आमसञ्चार गृह सञ्चालन, विद्युतीय बस खरिद र सर्सत अनुदानको विषयमा जवाफ दिदैं प्रदेश सरकारले बस खरिद गर्नुभन्दा ३ महिनाअघि नै चार्जिङ स्टेशन बनाइसक्ने र बसको रुटसमेत तय गरिसकिने जवाफ दिएका छन् ।

‘हामीले खरिद गर्न लागेको ३० मध्ये २० वटा बस काठमाडौंमा चलाउनेछौं । बाँकी १० वटा बसहरु मात्रै हामीले उपत्यकाबाहिर चलाउँछौं । त्यसको लागि चार्जिङ स्टेशन बनाउन ठाउँ पहिचान भइसकेको छ ।’ मुख्यमन्त्री पौडेलले भने– ‘विद्युतीय बस खरिद गर्नको लागि हामीले टेन्डर गरिसकेका छौं । कुन कम्पनीको बसको लागि टेन्डर पर्छ अहिले थाहा भइसकेको छैन । कुन कम्पनीको विद्युतीय बस आउने र त्यसको चार्जर कस्तो हुने भन्ने थाहा भएपछि हामी बस आइपुग्नुभन्दा ३ महिनाअघि नै चार्जिङ स्टेशन बनाउँछौं ।’

भरतपुर बसपार्क, हेटौंडा बसपार्क, काठमाडौं बसपार्क र धुलिखेलमा बसपार्कमा चार्जिङ स्टेशन राख्ने निश्चित गरिसकिएको मुख्यमन्त्री पौडेलले बताए । ‘चार्जिङ स्टेशन पनि दुइखालका हुन्छन् । एउटा ढिलो चार्ज हुने र एउटा छिटो जार्च हुनेवाला, ढिलो चार्ज हुनेवाला काठमाडौंमा राख्छौं, जो रातभर बस चार्ज गर्न पाइयोस् । छिटो चार्ज हुनेवाला चार्जिङ स्टेशन अन्य ठाउँमा राख्छौं ।’ पौडेलले भने । विद्यतुीय बस सञ्चालनसँगै हेटौंडा– नारायणगढकोबीचमा र काठमाडौं मुग्लिनको बीचमा २ ठाउँमा ठूलो स्टेशन बनाउने र रिफ्रेस सेन्टर सञ्चालन गरिने पौडेलले योजना सुनाए ।

त्यस्तै उनले आमसञ्चार गृह सञ्चालन भन्दा पनि प्रेस छापाखाना सञ्चालन गरिने भनी जवाफ दिएका छन् । गतवर्षको योजनालाई नै निरन्तरता दिएका हौं अब सरकारले आफ्नै छापानाखा सञ्चालन गर्नेछ मुख्यमन्त्री पौडेलले भने ।

उनले दुइवटा पुस्तकको बारेमा जवाफ दिदैं एउटामा नअटेर अर्कोमा प्रकाशन गरिएको हो यो योजनालाई साउन महिनामा अर्थ मन्त्रालयमा इन्ट्री गर्नेछौ । सर्सत अनुदानको विषयमा बोल्दै पौडेलले मागेर जाने अनुदान होइन गर्नुस भनेर स्थानीय तहलाई दिइने अनुदान हो । व्यक्ति विशेष भन्दा पनि वोर्डले निर्णय गरेर सम्बन्धित स्थानीयतहले पठाउनुहोस् त्यसका लागि हो भने सरकारले परिमार्जित गर्न सकिने मुख्यमन्त्री पौडेलले बताए ।